कालीगण्डकी जलाधार र डाइभर्सन
गोरखापत्र अनलाइन
श्रावण १६, २०७८ शनिबार
कालीगण्डकी तिनाउ डाइभर्सनको कार्यालय स्थापनासँगै त्यस आयोजनाको सकारात्मक तथा नकारात्मक पक्षका विवेचना हुन थालेको छन् । अन्तरप्रादेशिक यस्तो आयोजनाको अनुभव नेपालमा नभएकाले यसमा चासो र चिन्ता देखिएको हुनुपर्छ । कालीगण्डकी नदी र यसको ऐतिहासिकता, सांस्कृतिक, धार्मिक, वातावरणीय पक्षको चर्चा पनि यसैसँग जोडिएको छ ।
कालीगण्डकी नेपालका तीन वटा (कोसी, गण्डकी र कर्णाली) नदी प्रणालीमध्ये एक हो । मुस्ताङ जिल्लाको न्युबिन...