छाउपडीप्रतिको अन्धविश्वास
गोरखापत्र अनलाइन
कार्तिक १६, २०७८ मंगलवार
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा महिला नछुने भएमा आँगन टेक्न नदिने, दूध, दही, घिउजस्ता तागतिला खाना खान नदिने, छुन नदिने, घरमा नबसी गोठमा नै गाईबस्तुसँग बस्नुपर्ने बाध्यताको प्रथा नै छाउपडी प्रथा हो । काठमाडौँ लगायतका ठाउँमा महिला कतिबेला बाहिर सर्छन्, कसैले थाहा पाउँदैनन् ।