स्थानीय तहको बढ्दो चुनौती
गोरखापत्र अनलाइन
आश्विन २१, २०७७ बुधबार
नेपालको वर्तमान संविधानको धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको निर्धारण गरिएको छ । उक्त धाराको उपधारा (६) मा सङ्घ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वाङ्गीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन प्रणाली मानवअधिकार तथा मौलिक हक, कानुनी राज्य, शक्ति पृथकीकरण...