निर्वाचनमा उम्मेदवारको खर्च सीमा
गोरखापत्र अनलाइन
फाल्गुन १९, २०७८ बिहीबार
नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको आवधिक निर्वाचन हँुदैछ । सरकारले २०७९ साल वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ । तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवश्यक हुन्छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले...