राष्ट्रिय पर्व जनगणना
गोरखापत्र अनलाइन
आश्विन २२, २०७८ शुक्रबार
केही हप्ताअगाडि सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पायो । जनगणनाका लागि पहिलो चरणअन्तर्गत घर तथा परिवारको सूचीकरणका लागि गणकले सोधेको एउटा प्रश्न थियो, ‘तपाईंले वित्तीय संस्थाबाट ऋण लिनुभएको छ कि छैन ?’ यसको जवाफमा उत्तरदाताले, ‘यसको के मतलव, तपार्इंले ऋण तिरी दिने हो र ?’ भन्ने खालको उत्तर दिए भनेर सामाजिक सञ्जालमा निकै महìव पाएको थियो ।
यस प्रकारको प्रश्न र उत्तरको सवाल र जवाफबाट के स्पष्ट हुन्छ भने उत्तरदाताले...