रमेशकुमार गौतम
‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय जनगणना भइरहेको छ । यतिबेला गणक तपाईंको घरघरमा आइरहेका होलान् । गणकलाई सत्यतथ्य जानकारी दिएर सहयोग गर्नु तपाईंहाम्रो दायित्व हुनेछ । जनगणना सरकारले सञ्चालन गरे पनि सबै वर्ग, समुदाय, व्यक्ति एवं संस्थाको सहकार्यबिना सम्पन्न गर्न सकिन्न । जनगणना मेरो पनि गणना हो र म पनि सहभागी हुनुपर्छ भन्ने भावनाको विकास सबैमा हुने हो भने सफल पार्न कठिन छैन ।
व्यक्तिगत रूपमा आफ्नो अनि परिवारको, छिमेकी, नातागोता, साथीभाइ, इस्टमित्र, समुदायलगायत समग्र रूपमा राष्ट्रको नै जनगणनामा जागरण ल्याई सबै प्रश्नको सही विवरण दिने वातावरण बनाउनु नै सही मानेमा सहभागिता हो । सहभागिता शब्दले नै सबैलाई उत्तरदायी बनाएको छ, सबैको सहभागिता सुनिश्चितता गरेको छ । व्यक्ति, परिवार, समाज अनि राष्ट्रका सबै निकायको उत्तिकै महìवपूर्ण भूमिका हुन्छ । सरकार, सङ्घसंस्था अनि व्यक्तिले सर्वसाधारण एवं उत्तरदाताको सहभागिता कसरी बढाउन सकिन्छ भन्ने विषय महìवपूर्ण हुन्छ ।
सरकारले नै जनगणनाको महìवबारे प्रस्ट पार्छ, जनसङ्ख्या किन र के का लागि लिइन्छ ? यसले सर्वसाधारणदेखि नीतिनियम बनाउने व्यक्तिलाई कसरी फाइदा पु¥याउँछ, त्यसबारेमा पर्याप्त मात्रामा जानकारी दिएर साधारणलाई जनगणनामा सहभागी गराउँछ । जनगणनाले निरपेक्ष रूपमा मान्छेको टाउको मात्र गन्दैन, यसले जनसङ्ख्यालाई खण्डीकृत रूपमा तथ्याङ्क राख्ने हुनाले सबै क्षेत्रलाई चाहिने आवश्यक तथ्याङ्क राख्छ, जसले गर्दा आवश्यक पर्ने लिङ्गीय रूपमा महिला÷पुरुष, उमेरको हिसाबले बालबालिका, युवा, पौढ, जनजाति, भाषाभाषी आदिका बारेमा खण्डीकृत तथ्याङ्क लिएर सोही तथ्याङ्कका आधारमा तत्तत् क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ । यसले तीनै तहका सरकारका लागिसमेत नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने आधार बन्छ ।
सरकारले सरोकारवालालाई समेत स्वस्फुर्त रूपमा जिम्मेवार बनाएर उनीहरूको समेत सहभागिता बढाएको छ । जुनसुकै सरकार – सङ्घ, प्रदेश अथवा स्थानीय सरकार जसले विभिन्न नीतिगत निर्णय गरेर सबैको सहभागिता बढाउन मद्दत गरेको छ । सरकारले सबै सरोकारवालाको सहभागिता बढाउने वातावरणका लागि विभिन्न ऐन, नियम पनि ल्याएको छ । जसमध्ये तथ्याङ्क ऐन २०१५, राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६, राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७, राष्ट्रिय जनगणना २०७८ को स्वीकृत प्रश्नावली (राजपत्रमा प्रकाशित गरेर) ल्याएको छ । जसको अधीनमा रहेर स्वयं सरकार अनि सरोकारवाला सङ्घसंस्थाले स्वस्फुर्त रूपमा आफ्नो अनि साधारणको समेत सहभागिता बढाउन सक्छन् ।
त्यसैगरी सरकारले जनगणनाका लागि आवश्यक जनशक्ति, बजेट र प्रश्नावलीको फारम तयारसमेत गरेर त्यसको प्रयोग तथा व्यवस्थापनसमेत गरेर सबै वर्गको सहभागिता सुनिश्चित गरेको छ । विभिन्न सङ्घसंस्था एवं सरोकारवाला निकायको जिम्मेवारी व्यक्तिको जनगणना लिने अवधिमा मात्रै नभएर त्यसको अघिपछि पनि उत्तिकै महìवपूर्ण भूमिका रहन्छ । सरोकारवालाले सरकारको यस कार्यलाई प्रचार प्रसारदेखि विभिन्न तालिम, समयसापेक्ष उपयुक्त प्रविधिको सहयोग, कर्मचारी परिचालनलगायत आमसञ्चारमा जनगणनाको महìवबारे प्रकाश पारेर लेखन कार्यमा सहयोग पनि गर्न सक्छ । यसो गर्दा सरोकारवालाको एकातिर आफ्नो उत्तरदायित्व बहन भएको महसुस हुन्छ भने अर्कोतिर साधारणलाई समेत सहभागी हुन प्रेरित गर्छ ।
आर्थिक, प्रविधि हस्तान्तरण, दक्ष जनशक्ति उपलब्ध गराएरसमेत यस महान् पर्वमा सहभागिता बढाउन सकिन्छ । उदाहरणका लागि यूएनएफपीएद्वारा अन्य सहयोगको अलावा तथ्याङ्क विभागलाई सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ । त्यसैगरी जनगणना सफल पार्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, विभिन्न राजनीतिक दलका नेताले अपिल पनि गर्नुभएको छ ।
त्यसैगरी गाउँपालिका महासङ्घ नेपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल, राष्ट्रिय सहकारी महासङ्घ नेपाललगायतका सामाजिक एवं निजी सङ्घसंस्थाले समेत उक्त जनगणना कार्यमा सहभागी हुन सबैलाई अपिलसमेत गरेका छन् । त्यसैले यस पटकको नारा आफ्नो गणनाका लागि, सबैले सबै प्रकारको चरणमा सहभागी हुनसमेत प्रेरित र जिम्मेवारी बनाएको छ ।
गणकले सोधेका सबै प्रश्नको सही विवरण दिनु नै उसको सही सहभागिता हो । यस पटकको नाराको उद्देश्य पनि यही हो । त्यसैले घरमूलीले आफ्ना परिवारका सदस्यको विवरण दिँदा कोही पनि नछुट्ने र कोही पनि नदोहोरिने गरी सही विवरण टिपाउनुपर्छ । जनगणनाका सबै प्रश्नको उत्तिकै महìव हुने हुँदा सोधिएका सबै प्रश्नको उत्तर दिनुपर्ने हुन्छ, किनकि हरेक प्रश्नको उत्तिकै महìव हुन्छ । जुन तथ्याङ्कले सरकारको नीति तथा कार्यक्रम सञ्चालनमा महìवपूर्ण भूमिका निर्वाह गर्छ । खासगरी घरमा मृत्यु भएका व्यक्ति, शिशु एवं सानो उमेरका बच्चाबच्चीको मृत्युको विवरण प्रायःजसो परिवार दिन खोज्दैनन् । यस प्रकारको विवरणको सही अर्थ उत्तरदाताले बुझेको देखिँदैन । शिशु सानै उमेरमा मृत्यु भयो, यसले जनगनणनामा के अर्थ राख्छ भन्ने सोचाइ रहन्छ तर यस प्रकारको विवरणको पनि महìव रहन्छ । देशमा शिशु मृत्युदर, बालमृत्युदर यही तथ्याङ्कका आधारमा निकालिन्छ । सरकारले नीति तथा कार्यक्रम ल्याउँदा यसै तथ्याङ्कलाई आधार बनाउँछ । त्यसैले उत्तरदातालाई गौण लाग्ने प्रश्नको पनि धेरै भार हुन्छ, महìव हुन्छ ।
खासगरी एचआईभी÷एड्सलगायतका अन्य प्राणघातक रोगले मृत्यु भएका विवरण उत्तरदाताले नदिन सक्छन् । यी सबै प्रश्नको उत्तरको तथ्याङ्कका आधारमा सरकारले योजना तथा कार्यक्रम बनाउने यस प्रकारका तथ्याङ्क आवश्यक पर्छ । सबै प्रश्नका उत्तर गोप्य रहने हुँदा खुलेर उत्तर दिनुपर्ने हुन्छ । सरकारलाई उमेर समूहको समेत तथ्याङ्क आवश्यक हुन्छ, त्यसैले परिवारको विवरण दिँदा एउटा उमेर समूहको तथ्याङ्क अर्को उमेर समूहमा पर्न सक्छ, त्यसैले चनाखो हुनुपर्ने हुन्छ । सरकारले नीति तथा कार्यक्रम ल्याउँदा हरेक उमेर समूहको उत्तिकै महìव रहन्छ ।
उदाहरणका लागि उमेर समूह जन्मदेखि छ महिनासम्मको उमेर समूह, छ महिनादेखि दुई वर्षसम्मको उमेर समूह, १४ वर्षसम्मको उमेर समूह, १४ देखि ४९ वर्षसम्मको उमेर समूह । त्यसमा पनि केटाकेटी÷महिला पुरुषको समेत खण्डीकृत तथ्याङ्कलगायतका उमेर समूह आवश्यक पर्ने हुँदा उत्तरदाताले सही विवरण दिनुपर्ने हुन्छ । यिनै तथ्याङ्कका आधारमा रहेर सरकारले शिशु तथा बालमृत्यु दर, मातृत्व मृत्युदरलगायतका तथ्याङ्क राख्न सजिलो हुन्छ । त्यसैगरी विद्यालय जाने उमेर समूह, बालविवाहको अवस्था, प्रजनन आमाको अवस्थालगायतको तथ्याङ्क यसै जनगणनाबाट थाहा हुने हुँदा तथ्याङ्क दिँदा एउटा उमेर समूहको अर्को उमेर समूहमा नपरोस् भनेर उत्तरदाता सचेत हुनुपर्छ । त्यसैले परिवारको सही विवरण दिनु नै व्यक्तिको जिम्मेवारी हो । त्यही नै साँचो अर्थमा व्यक्तिको सहभागिता हो ।
व्यक्तिले एकातिर सही विवरण लेखाएर आफ्नो उपस्थिति÷सहभागिता देखाउँछन् भने अर्कोतिर छिमेकी, नातागोता, साथीभाइ, इष्टमित्रलगायतका व्यक्ति र जनगणनामा सहभागीलाई उत्प्रेरित गर्नेुपर्ने हुन्छ । त्यसैगरी गणक, सुपरभाइजर आफ्नो टोलछिमेकमा आएका छन् वा छैनन् भन्नेबारेमा समेत आफैँले सोधखोज गरेर सबैको विवरण लिन प्रेरित गर्नुपर्छ । त्यसैगरी सहरी क्षेत्रभन्दा गाउँघरतिर घर टाढा हुने, खोल्सा अनि वनजङ्गलले घर गणक तथा सुपरभाइजरले नदेख्न सक्छन्, त्यस्तो अवस्थामा आआफ्नो टोल र बस्तीको अवस्थाबारे गणक तथा सुपरभाइजरलाई जानकारी दिएर सहयोग गर्नुपर्ने हुन्छ । गाउँको भन्दा सहरी इलाकामा बस्ती बाक्लो हुने अनि एउटै घरमा पनि धेरै परिवार डेरा गरेर बस्ने हुँदा उनीहरूको समेत विवरण नछुटून् भनेर प्रत्येक व्यक्ति सचेत हुनुका साथै गणकलाई जानकारी गराउनुपर्छ । साथै घरमूलीलाई समेत सबै कुरा अद्यावधिक नहुनसक्छ, त्यस्तो अवस्थामा परिवारका सदस्यले घरमा जनगणनाका बारेमा समेत छलफल गर्नुपर्ने हुन्छ ।
अर्को महìवपूर्ण कुरा यस पटकको जनगणना हुँदा कोरोनाको पनि उत्तिकै डर त्रास छ । त्यसैले उत्तरदाताले उत्तर दिँदा स्वास्थ्यको पनि प्रोटोकल अवलम्बन गर्नुपर्ने हुन्छ ता कि जोखिम कम होस् । भौतिक दूरी कायम राखेर, सेनिटाइजर र मास्क प्रयोग गरेर कोरोनाको जोखिम कम गर्न सकिन्छ । त्यसैगरी घरमूलीलाई कोरोना पोजेटिभ छ भने घरको अर्को सदस्यले घरपरिवारको सबै सूचना जानकारी लिएर उत्तरदाताका रूपमा गणकलाई सहयोग गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।