प्राकृतिक लकडाउनमा लिमी भ्याली
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७७ शनिबार
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारिको गाउँ लिमी प्राकृतिक रूपमा ‘लकडाउन’ मा छ अहिले । गत पुस १९ गते परेको हिमपातपछि लिमी आउजाउ बन्द भएको छ । यहाँ प्रवेश गर्ने दुईवटा नाकामध्ये चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकबाट जाने बाटो हिमपात पछि बन्द छन् । लिमीका तीन वटा गाउँ तील, हल्जी र जाङ गाउँ चारहजारदेखि चारहजार दुईसय मिटर उचाइमा छन् । अब लिमी भ्याली (उपत्यका) जाने आगामी जेठ महिनापछि...