सङ्घीय संसद्मा समिति प्रणाली
गोरखापत्र अनलाइन
माघ १३, २०७८ बिहीबार
सर्वोच्च जनप्रतिनिधिमूलक निकायका रूपमा संसद्ले गर्ने कामलाई सहज र सरल तुल्याउन समिति प्रणालीमार्फत कार्य सम्पादनको प्रचलन रहेको छ । सङ्घीय संसद्का संयुक्त र छुट्टाछुट्टै समितिले नै वास्तविक अर्थमा संसदीय शक्तिको प्रयोग गर्छन् । संविधानको धारा १०४ बमोजिम राष्ट्रिय सभा र प्रतिनिधि सभा नियमावलीले ‘सभाको नियमित कार्यमा सहयोग पु¥याउन विषयगत समिति र विशेष समिति गठन गर्न सकिने’ गरी एकैखाले व्यवस्था गरेको छ ।