राजनीतिमा दण्डहीनता
गोरखापत्र अनलाइन
माघ २३, २०७८ आइतवार
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा १७ मा स्वतन्त्रताको हकको व्यवस्था छ । संविधानको धारा १७ को उपधारा २ (क) मा विचार र अभिव्यक्ति स्वतन्त्रताबारे उल्लेख छ तर (१) खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा सङ्घीय एकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना...