एउटै कसुरमा दुईवटा कानुन !
गोरखापत्र अनलाइन
आश्विन २६, २०७७ सोमबार
बैंकिङ प्रणालीमा चेकको विशेष महत्व हुन्छ । बैंकिङ कारोबार बढ्दै गएको अवस्थामा चेकसम्बन्धी अपराध वा बेइमानी पनि बढ्दैछ । विनिमयका साधनमध्ये चेकलाई नगद कारोबार जत्तिकै विश्वासिलो एवं भरपर्दो साधन मानिन्छ । कसैले चेक बैङ्कमा लिएर आए, चेक लिई आउने (वाहक) लाई बिनाशर्त तत्काल तुरून्त भुक्तानी दिनुपर्ने कर्तव्य बैङ्कको हुन्छ । कतिपय अवस्थामा बैङ्कले चेकको भुक्तानी नगरी निश्चित कारणसहित चेक वाहकलाई फिर्ता दिन्छ ।...