समाज र राजनीतिबीचको बढ्दो खाडल
गोरखापत्र अनलाइन
पुष २९, २०७८ बिहीबार
समाज भनेको सम्बन्धको जालो हो । जहाँ व्यक्तिको व्यक्तिसँग, व्यक्तिको सामाजिक संस्थासँग र संस्थाको व्यक्ति र अन्य सामाजिक संस्थासँगको अन्तर निर्भरताको सन्तुलित सम्बन्ध निरन्तर चलिरहेको हुन्छ । जसलाई आपसी अन्तक्र्रियाले जीवन्त बनाइरहेको हुन्छ । समाज भनेको निरन्तर परिवर्तनशील हुने हुँदा त्यसभित्रका सम्बन्धका संरचना र कार्यशैली पनि परिमार्जित, परिस्कृत हुने र आवश्यकताअनुसार विस्थापितसमेत हुने क्रम निरन्तर चलिरहन्छ...