वीणा झा
राज्यका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले वर्षौंदेखि लैङ्गिक समानतासम्बन्धी विषयमा विभिन्न प्रशिक्षण आयोजना गर्दै आएका छन् । त्यसका लागि ठूलै स्रोत साधन खर्च हुने गरेको छ । लगानी गर्ने गर्छन् र पनि समाजको विभिन्न संरचनामा किन यो विषयप्रतिको बुझाइको सङ्कीर्णतामा ताìिवक फरक आएको देखिन्न ? अझै पनि विभिन्न महत्त्वपूर्ण विषयको छलफल चाहे त्यो राज्यको शक्तिशाली निकायको प्रत्यक्ष संलग्नतामा गरिएको होस् वा विभिन्न प्लेटफार्म उपयोग गरेर त्यहाँ महिला र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका उपस्थितिलाई किन महत्त्वपूर्ण ठानिँदैन ? महिला शून्य मञ्च भेटिरहने कारण के होला ? किन २१औँ शताब्दीसम्म पुगी सक्दा पनि राज्यका विभिन्न नीति नियमका निर्माणदेखि कार्यान्वयन पक्षमा लैङ्गिक संवेदनशीलता अभावको छनक महसुस हुन्छ ? बर्सेनि हुने प्रशिक्षणको कुनै भूमिका होला कि नहोला ? महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्यात्मक सहभागिता बढेको देखिए पनि समाजको तिनका प्रति मनोवृत्ति किन बदल्न सकिएन ? सहभागिता बढ्दैमा सशक्तीकरण पनि बढेको पुष्टि हुन्छ ? शक्ति सम्बन्धमा रूपान्तरण नगरी लैङ्गिक समानता र सामाजिक सशक्तीकरण सम्भव छ ?
रूपान्तरणका लागि आवश्यक हुने दुइटा महत्त्वपूर्ण आयाम, संरचना र संस्कारको संयुक्त सहकार्य बिना समाजको समृद्धि सम्भव छ ? जति महìव संरचना अर्थात् नीति, नियम, कानुन, रणनीतिक योजना निर्माणको हुन्छ त्यति नै तिनका कार्यान्वयनका लागि आवश्यक सोचयुक्त संस्कारको पनि हुन्छ । अन्यथा अक्षरमा जतिसुकै समानता, सम्मान र स्वतन्त्रता भेटिए पनि अनुभूतिमा अभाव रही रहन्छ ।
श्रीमान्को जागिर काठमाडौँ बाहिर भए पनि एक्लै छोरीको शिक्षा तथा आफ्नो जागिर र पढाइलाई निरन्तरता दिँदै आएकी एक सङ्घर्षशील महिला लगभग दुई महिनाकी कान्छी छोरी काखमा बोकेर पानीले रुझ्दै ज्ञान उत्पादन केन्द्र त्रिभुवन विश्वविद्यालयमा महिला सशक्तीकरण विषयमा आफ्नो विद्यावारिधिको चरणगत प्रक्रियाअनुरूप निर्धारित गरिएको मौखिक परीक्षा दिन निर्धारित समयमा पुगिन् । ज्ञान उत्पादन गरिएको प्रमाणपत्रधारी विज्ञ समूहबाट विभिन्न प्रश्न सोधियो अनि अन्तमा फिड्बैङ्कको रूपमा भनियो कि महिला सशक्तीकरणका विषयमा लेख्ने विश्व चर्चित व्यक्ति र तिनले गरेका अनुसन्धान र निर्माण गरेका सिद्धान्तबारे केही बुझ्नु भएको रहेनछ ।
त्यसपछि तिनले केही नाम र तिनका कार्यबारे वर्णन गरिन् जसमा उल्लेख थियो, महिला सशक्तीकरणका नाममा चुनौती तेर्साएर अशक्तीकरण कसरी गरिन्छ । सोधिएका प्रश्न कठिन त थिएन तर कता कता नमिठो अनुभूति भो र मनमा केही प्रश्न लिँदै छोरीहरूलाई समात्दै सार्वजनिक यातायाततिर लम्किएँ भन्दै गर्दा तिनका आँखा रसाएका थिए । तिनको मनमा उब्जेका केही अहं प्रश्न ‘के म महिला सशक्तीकरणको यात्रामा आउने बाधाबारे अनभिज्ञ छु ?’ ‘ज्ञान उत्पादनमा मेरा जीवन्त भोगाइ विश्वका अन्य समाजमा आधारित रही नेपाली समाजबारे ज्ञान शून्य रहेका कुनै अन्जान व्यक्तिद्वारा गरिएको अध्ययन अनुसन्धानको प्रतिवेदन भन्दा मेरा बुझाइ कम महìवपूर्ण छन् ?’ विद्यावारिधि गर्न‘ भनेको विषयगत विज्ञ बन्नु हो कि चिन्तक ?
तिनका यस्तै यस्ता अनुभूति सुनिरहँदा केही प्रश्न मनमा घोत्लिन थाले, कसैले कुनै पनि ज्ञानको निर्माण गर्दैमा समाजप्रतिको जिम्मेवारी पूरा हुन्छ ? अथवा ती उत्पादित ज्ञानले समाजलाई प्रभाव पार्दै सार्वजनिक फाइदा दिन सक्नुपर्छ ? सिर्फ बाह्य समाजको अध्ययनमा आधारित भई मापक निर्धारण गरिरहने हो भने समाजशास्त्रको मर्म बुझिएको मान्न सकिन्छ ? ती मापकलाई प्राथमिकतामा राख्दै ज्ञान उत्पादन केन्द्रलाई निर्देशन र नेतृत्व गरी रहने हो भने कस्तो ज्ञान उत्पादन हुन्छ ?
माथि वर्णन गरिएको सन्दर्भ र अवस्थाले ज्यादै नराम्रोसँग मन चिमोट्यो । लैङ्गिक विभेदका विषयमा विभिन्न अन्तर्राष्ट्रिय जर्नल तथा पुस्तकमा निरन्तर लेख्दै विश्व मञ्चमा सम्मानित भइरहने ती सम्मानित प्राध्यापकलाई तिनले आर्जन गरेको प्रमाणपत्रले साँच्चै लैङ्गिक संवेदनशील बनाएको हो ? कुनै पनि स्थानसम्म पुग्न पितृसत्तात्मक संरचना रहेको समाजमा पुरुषभन्दा महिलालाई बढी सकस भोग्नु परेको यथार्थ तिनले महसुस गर्न सकेका हुन् ? समाज विज्ञानमा ज्ञान उत्पादन स्थानीय हुन्छ कि हँुदैन ? यी अनुत्तरित प्रश्नलाई त्यतिकै थाती राख्दै एउटा सन्दर्भसँग जोड्न मन लाग्यो ।
एउटा गाउँमा गरिबी घटाउने र क्षमता अभिवृद्धिसँगै लैङ्गिक समानताको कार्यक्रम आवश्यक छ कि छैन भनी अध्ययन गराउन विश्वको नामी विश्वविद्यालयबाट पढेका, फररर अङ्ग्रेजी बोल्न सक्ने, गज्जबको प्रस्तुतीकरण क्षमता भएको तर गाउँले परिवेश र समाजको पिँधमा रहेका भुइँमान्छेका दैनिकी नबुझेका व्यक्ति उक्त गाउँमा पुगेछ । अनि बाटोमा हिँड्दै गरेका एक जना किसानलाई देखेपछि आफ्नो अनुसन्धान सुरु गर्ने उद्देश्यले समाजको अवस्था बुझ्न प्रश्न सोधेछन्, तपाईंलाई आफ्नो खेतको उब्जनीबाट वर्षभरि खान पुग्छ कि पुग्दैन ? उक्त व्यक्तिले झोक्किदै ‘पुग्यापुग्यै हो’ भनी जवाफ दिएछ ।
अलि अगाडि बढेपछि एउटा महिला देखेछन् अनि लैङ्गिक समानताको अवस्था बुझ्नुप¥यो भनी प्रश्न गरेछन्, दिदी ! तपाईंलाई घरको सबै काम एक्लै त गर्न‘ पर्दैन नि ? तिनको जवाफ, कहाँ पर्न‘ म त घरको महारानी हो नि ! किताबमा मात्रै समाज बुझेका ती सामाजिक ज्ञाताले अध्ययन प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा बुझाएछन् जसमा यो गाउँमा गरिबी छैन, महिला अति सम्मानित जीवन बाँचेका छन् भनी उल्लेख गरेछन् । एकछिन सोचौँ त, त्यो प्रतिवेदनको प्रभाव के प-यो होला ? वास्तवमा त्यो गाउँको परिदृश्य कस्तो रहेको होला ? एक पढ्दै नपढेका सर्वसाधारण जसलाई गाउँको परिवेश थाहा छ तर अङ्ग्रेजी फरर बोल्न जान्दैन र प्रभावकारी प्रस्तुतीकरण गर्न सिकेको छैन, त्यसले गर्ने विश्लेषण कतिको महìवपूर्ण हुन्छ ? अनि ज्ञान उत्पादनमा पश्चिमीकरणको प्रभावले ग्रसित मस्तिष्कले यस विषयप्रति कति संवेदनशीलता देखाउन सक्छ ?
कतिपय बाहिरबाट देखिने दृश्यकै आधारमा गरिएको अवस्थाको विश्लेषण गलत पनि हुन सक्छ, समाजको धरातल बुझेको छैन भने त्रुटि हुने सम्भावना प्रवल रहन्छ । जसले समाज बुझेको छैन, डुलेको छैन चित्र र अक्षरमा बाहेक समाज महसुस गरेको छैन उसले बनाउने विभिन्न योजना, पहिचान गर्ने सामाजिक आवश्यकताप्रति सम्बन्धित समाजको अपनत्व नहुन सक्छ । अपनत्वबिनाको विकास र परिवर्तनले समाज रूपान्तरण गर्न सक्दैन । त्यसैको परिणाम हो समाजको आवश्यकता र राज्यको कार्यक्रमबीच खासै तालमेल हुन नसक्नु । दशकौँदेखि एउटै निश्चित अनुहार समूह सामाजिक, संस्कृतिक र भौगोलिक विविधताले भरिएको नेपाली संरचनामा “सबैका लागि विज्ञ र सधैँका लागि विज्ञ” कसरी हुनसक्छ ?
अरू विज्ञानजस्तो कि भौतिकशास्त्र वा रसायनशास्त्र चाहे त्यो नेपालमा पढुन् वा विश्वका अन्य कुनै मुलुकमा त्यसका फर्म“ला उही हुन्छ र क्रिया प्रतिक्रियाको परिणाम पनि समान नै आउँछ तर सामाजिक अवस्था र विषयको बुझाइमा त्यस्तो हुने सम्भावना बिल्कुलै रहन्न । किनकि सामाजिक अवयव उस्तै उस्तै देखिए पनि समाजपिच्छे त्यसका प्रभाव र प्रतिक्रिया फरक फरक हुन्छ । त्यसैले एउटा समाजमा रहेको कुनै समस्या समाधान गर्न जुन अस्त्र प्रभावकारी हुन्छ उस्तै उस्तै प्रकृतिको समाजमा देखिने समस्या समान देखिए पनि उही अस्त्रले समाधान नदिन सक्छ । त्यसैले हरेक विकास ढाँचा र नीति–निर्माण तयार गर्न सामाजिक आवश्यकताको पहिचान अपरिहार्य हुन्छ, जसका लागि समाज वास्तवमा बुझेका व्यक्ति चाहिन्छ अन्यथा ती विकासलाई न सामाजिक स्वीकृति प्राप्त हुने सम्भावना रहन्छ न त लगानीअनुसारको प्रतिफल नै ।
सामाजिक परिवेश इतिहासिक घटनाक्रमलगायत आर्थिक, सांस्कृतिक र विकास संरचनाका आधारले फरक फरक हुन्छन् । जस्तो कि एउटा हिमाली गाउँमा बस्ने व्यक्तिको दैनिकीका सकस र विभेदका भोगाइ मधेसमा बस्नेको भन्दा फरक हुन्छ । त्यहाँभित्र पनि अन्य विविध पक्षले तिनलाई राज्यका स्रोेत साधन माथिको पहुँच र सशक्तीकरण प्रक्रिया र परिणामबीच ठूलो भिन्नता हुन्छ । त्यसैले त्यो समाज र संस्कृति नबुझेकालाई प्रशिक्षक बनाएर पठाइँदा एक समाजको वास्तविक अवस्था चित्रित गर्ने चित्र आउन सक्दैन भने अर्कोतर्फ गलत बुझाइ समाजमा स्थापित गर्ने सम्भावना हुन्छ, जसले कालान्तरमा समाजको अहित गर्न सक्छ ।