आसुरी शक्तिमाथि विजयको प्रतीक
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७७ बिहीबार
विजयादशमी हिन्दुहरूको महान् चाड हो । यो चाड खासगरी नेपाल र भारतमा हर्षोल्लाससाथ मनाइन्छ । तराईतिर दसैँलाई दशहरा भनिन्छ भने काठमाडौँ उपत्यकाका नेवारहरू यसलाई मोहनी भन्ने गर्छन् । यसरी ठाउँअनुसार नाउँ भिन्न भए पनि यो चाडमा सबै हिन्दुहरूको एकैप्रकारको आस्था रहेको छ ।
विजयादशमी आसुरी शक्तिमाथि दैवी शक्तिको विजय, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ । १० दिनसम्म मनाइने यो चाड आश्विन शुक्ल प्रतिपदाका...