सहज हुँदै दुईपक्षीय सम्बन्ध
गोरखापत्र अनलाइन
मंसिर २६, २०७८ आइतवार
नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध र सामाजिक–सांस्कृतिक आदानप्रदान आदिका कारण यो सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नरही जनस्तरमा समेत गहिरो र फराकिलो छ ।
नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध कायम भएको सात दशक बितिसकेको छ तर...