सरकारी निकायमा वेबसाइट व्यवस्थापन
गोरखापत्र अनलाइन
आश्विन ६, २०७८ बुधबार
सन् १९८९ मा अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयबीच तथ्याङ्कको आदानप्रदान गर्ने प्रयोजनका लागि विकास भएको डब्लूडब्लूडब्लू (वल्र्डवाइडवेभ)नै आज इन्टरनेटको विशाल सञ्जाल बन्न पुगेको छ । सूचना प्रविधिमा हुँदै आएको विकास र पहुँचमा भएको विस्तारले सरकारी कार्यालयलाई पनि यस विशाल सञ्जालमा आफ्नो उपस्थिति देखाउन बाध्य बनायो । आफूसँग भएको विवरण तथा तथ्याङ्कसहित कार्यालयको परिचय, उपलब्ध गराउने सेवा, सेवा प्राप्त...