स्थानीय तहमा सूचना प्रविधि
गोरखापत्र अनलाइन
पुष १, २०७७ बुधबार
नेपालको वर्तमान संविधान कार्यान्वयनमा आएपश्चात् मुलुकमा छवटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय तहहरू रहेका छन् । यी सबै स्थानीय तहहरूले संविधानद्वारा प्रदत्त एकल तथा साझा अधिकारहरूको प्रयोग गर्दै आ–आफ्नो क्षमताअनुसार सेवा सुविधा प्रदान गर्दै आइरहेका छन् । परम्परागत रूपमा प्रदान हुँदै आएका सेवाहरूमध्ये केही सेवाहरू सूचना प्रविधिमा आधारित रहेरसमेत प्रवाह...