राजनीतिमुक्त विश्वविद्यालयको अपेक्षा
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
भनिन्छ, कुनै पनि मुलुक बिगार्नु छ भने शिक्षामा आक्रमण गर्नुपर्छ । मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयको पछिल्लो अवस्थाले यसैको सङ्केत गर्छ । विश्वविद्यालयमा दुई वर्षको अवधिमा दुई सय दिनभन्दा धेरै समय आन्दोलनकारीको ताला झुण्डिसकेको छ । नेतृत्व विश्वविद्यालय छिरेको साढे दुई वर्ष बितिसकेको छ । यस बीचमा विश्वविद्यालयमा पटकपटक ताला लाग्यो । अहिले पनि मुख्य पदाधिकारीको कार्यकक्षमा आंशिक प्राध्यापक र विद्यार्थी...