अष्ट्रेलियाको लगातार तेस्रो हार, वेष्टइन्डिजले शृङ्खला जित्यो
गोरखापत्र अनलाइन
असार २९, २०७८ मंगलवार
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ । वेष्टइन्डिजले तेस्रो टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई हराएर पाँच खेलको शृङ्खला ३–० ले जितेको छ ।
तेस्रो टी ट्वान्टीमा अष्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य वेष्टइन्डिजले खेल सकिन ३१ बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । वेष्टइन्डिजको जितमा क्रिस गेलले सर्बाधिक ६७ रनको योगदान दिनुभयो । उहाँले मात्र ३८ बलमा चार चौका...