logo
२०८१ मंसिर ९ आईतवार



अष्ट्रेलियाको लगातार तेस्रो हार, वेष्टइन्डिजले शृङ्खला जित्यो

क्रिकेट |
खेलकुद |


अष्ट्रेलियाको लगातार तेस्रो हार, वेष्टइन्डिजले शृङ्खला जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २९ गते । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ । वेष्टइन्डिजले तेस्रो टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई हराएर पाँच खेलको  ३–० ले जितेको छ ।
तेस्रो टी ट्वान्टीमा अष्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य वेष्टइन्डिजले खेल सकिन ३१ बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो । वेष्टइन्डिजको जितमा क्रिस गेलले सर्बाधिक ६७ रनको योगदान दिनुभयो । उहाँले मात्र ३८ बलमा चार चौका र सात छक्का लगाउनुभयो । कप्तान निकोलास पूरनले अविजित रहँदै ३२ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाली बलरहरुमा रिल्ले मेरिथले सर्वाधिक तीन तथा मिसेल स्टार्कले एक विकेट लिए ।
त्यसअघि, सेन्ट लुसियामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले २० ओभरमा छ विकेटको क्षतिमा मात्र १४१ रनमा सीमित हुन पुग्यो । अष्ट्रेलियाली पारीमा ओपनर म्याथ्यु वाडे र आरन फिञ्चले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेर औसत सुरुवात गर्नुभयो । कप्तान फिञ्जले ३० तथा मोइजेज हेनरिक्सले ३३ र आष्टन टर्नरले २४ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि हेडन वाल्शले सर्वाधिक दुई तथा ओबेड म्याकै, ड्वायन ब्राभो र फाबियन एलेनले सामान एक एक विकेट लिए । क्रिस गेल प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?