लीलावती खोलामा ५० हजार भुरा माछा छाँडियो
गोरखापत्र अनलाइन
चैत्र २४, २०७८ बिहीबार
नौती नगरपालिकाले लीलावती खोलामा ५० हजार भुरा माछा छाडेको छ । वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको नगरपालिकाले जनाएको छ ।
पनौती नगरपालिका कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले वडा न १ मानेदोभानदेखी वडा न २ र ३ को लिलावती सिंचाई कुलोको बाँधसम्म राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका भुरा छोडिएको जानकारी दिनुभयो ।