‘मोडालिटी’बारे परामर्श सुरू
गोपालचन्द्र सुवेदी
चैत्र २६, २०७८ शनिबार
लामो उल्झनपछि राष्ट्रिय गौरवको एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा सरकार आफैँ अग्रसर भएको छ । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीजलाई दिनेगरी २०७५ असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय खारेज गर्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले यो आयोजना सरकारले नै बनाउने तय गरेको हो । मन्त्रालय सम्हालेलगत्तै नै गेजुवाको कामप्रति असन्तुष्ट रहँदै सो आयोजना सरकारी तवरमै...