वितरण प्रणाली सुधार गर्दै विद्युत् प्राधिकरण
गोरखापत्र अनलाइन
पुष २२, २०७८ बिहीबार
नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ । विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत्ीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने प्रतिबद्धतासहितको कार्ययोजनामा प्राधिकरण लागेको हो ।