धान उत्पादनमा नौ प्रतिशतले कमी
सुरेशकुमार यादव
पुष १७, २०७८ शनिबार
गत आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा झन्डै ९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षमा चार लाख ९० हजार ३९६ मेट्रिक टन धान कम उत्पादन भएको हो । यो अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशतले कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले दिनुभएको जानकारीअनुसार यस आव २०७८/७९ मा ५१ लाख ३० हजार ६०४ मेट्रिक टन धान उत्पादन भएको छ । धानको उत्पादन आव २०७७÷७८ मा ५६ लाख २१ हजार, २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, २०७५/७६...