जीवन धान्ने आधार बेसार खेती
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
तुलसीपुर १९ सुन्दरखोलाका किसान शिवराम सार्की बेसार खेती गर्दै आउनुभएको छ । उहाँको जीवन धान्ने गतिलो अर्थउपार्जनको माध्यम बनेको छ, बेसार खेती । वार्षिक चारदेखि ६ क्वीन्टलसम्म काँचो बेसार उत्पादन गर्दै आएका शिवरामले बेसारको चाना बनाएर घट्टमा पिसाएर बेसार बिक्री गर्दै आउनुभएको छ । सार्कीले भन्नुभयो, ‘बेसार खेतीका लागि रासायनिक मल पनि आवश्यक पर्दैन, रोग किरा नियन्त्रण गर्नका लागि विषादी पनि छर्कनु पर्दैन ।’ रोपेपछि...