अब १० किलो मात्रै सुन आयात गर्न पाइने
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। बैंकले आज एक परिपत्र जारी गर्दै सुन आयातमा कडाइ स्वरुप कोटा घटाएको हो। यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा त्यसलाई घटाएर १० किलो बनाइएको हो।
राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) मा संशोधन गरेको उल्लेख छ।