उद्धारका लागि जानकारी गराउन आग्रह
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिई वा नलिई रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेका व्यक्तिलाई सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो ।