प्रभावकारी बन्दै रोड कोरिडोर कार्यक्रम
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
कृषि उत्पादन वृद्धिका लागि लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको रोड कोरिडोर कार्यक्रम बाँकेमा प्रभावकारी बनेको छ । प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत किसानका लागि सञ्चालन गरेको रोड कोरिडोर कार्यक्रमबाट बाँकेका १०० किसान लाभान्वित भएको कृषि ज्ञान केन्द्र, नेपालगञ्जले जनाएको छ ।