उद्योग स्थापना गर्न जग्गा अभाव : पहुँचको भरमा जग्गा ओगट्ने प्रवृत्ति बढ्दै
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव झेल्दै आएका छन् । पहुँचका आधारमा जग्गा ओगट्ने प्रवृत्ति बढ्दै गएपछि नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएको हो ।
यस औद्योगिक क्षेत्रभित्र स्थापना गरिएका उद्योगमध्ये केही बन्द भएको वर्षौं भइसक्दासमेत न उद्योग पुनः सञ्चालनका लागि प्रयास थालिएको छ न जग्गा खाली गरिएको छ । यसरी बन्द उद्योगले जग्गा खाली नगरिदिँदा नयाँ उद्योग स्थापनाका...