‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित
गोरखापत्र अनलाइन ,
असार १७, २०७७ बुधबार
विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भएपनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ । ती आवश्यकता परिपूर्तिका लागि हामीलाई बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ । एटिएममा गएर हामीले पैसा त निकाल्छौँ तर त्यो कति सुरक्षित छ त भन्ने प्रश्न उठ्छ । पैसाको माध्यमबाट कोरोना भाइरसलगायत...