वीरगञ्ज नाका भएर ईन्धन र खाद्यान्न निर्वाधरुपमा भित्रिंदै
गोरखापत्र अनलाइन ,
चैत्र १५, २०७६ शनिबार
कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लक डाउन गरेपछि जनताहरु घरभित्र रहेको बेला वीरगञ्ज नाका भएर खाना पकाउने एलपी ग्याँस, ईन्धन, औषधी र खाद्यान्न बोकेका गाडीहरु निर्वाधरुपमा भित्रिरहेका छन् ।
कोरोना भाईरसको संकमण नहोस् भनी घरभित्र बस्नका लागि सरकारले मुलुकभर लक डाउन घोषणा गरिएपछि ठप्प रहेको मुलुककै प्रमुख नाका वीरगञ्जबाट उपभोग्य वस्तु सहज पार्नको लागि यस्ता गाडीहरु भित्रिरहेका हुन् ।