त्रिविद्वारा भौतिक उपस्थितिमा पढाइ गर्न निर्देशन
गोरखापत्र अनलाइन
मंसिर १८, २०७७ बिहीबार
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिनुभयो । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन ।
परीक्षा भने छठलगत्तै हुन थालेको छ । “कोभिड–१९ सङ्क्रमणको...