विद्यालयमा क्वारेन्टाईन, भाडाको सटरमा टोल शिक्षा
जिल्ला समाचार
आश्विन २, २०७७ शुक्रबार
कोरोना संक्रमण रोकथाम गर्न सरकारले गत चैत्र ५ गते माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थिगित गरे लगतै विद्यालयका औपचारिक शैक्षिक गतिविधि ठप्प छन् ।
विद्युत, इन्टरनेटको सहज पहुँच हुने क्षेत्रमा वैकल्पिक शिक्षा अन्तर्गत ‘भर्चुअल’ कक्षा संचालन भए पनि विद्युत, इन्टरनेट, मोबाइल, ल्यापटप तथा कम्प्यूटरको पहुँच नहुने क्षेत्रमा ‘भर्चुअल’ कक्षा संचालनमा आउन सकेनन ।
सरकारले वैकल्पिक विधि अपनाएर कक्षा संचालन गर्न आग्रह गरे...