अभिनेत्री पल्पसा डंगोलको मृगौलामा समस्या, अस्पताल भर्ना
गोरखापत्र अनलाइन
श्रावण ३, २०७८ आईतवार
मृगौलाको समस्याका कारण अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना हुनुभएको छ । हाँस्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का उपनामबाट ख्याती पाउनुभएकी पल्पसा डंगोल केही दिनअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना हुनुभएको हो ।
उहाँको दुई वटै मृगौला (किड्नी) फेल भएकाे छ । टिचिङ अस्पतालमा भर्ना हुनुभएकी डंगोलको किड्नी नै फेल भएकाले किड्नी फेर्ने बाहेकको अरु विकल्प नभएको उहाँकी छोरी लुनिभाः डंगोलले बताउनुभयो...