logo
२०८० चैत्र १६ शुक्रवार



'मायाको परिभाषा' बोलको म्युजिक भिडियाे सार्वजनिक

मनोरञ्जन |


'मायाको परिभाषा' बोलको म्युजिक भिडियाे सार्वजनिक


 

गाेरखापत्र अनलाइन

काठमाडाैं, साउन ३ गते । मायाबाट मात्र समाजको विभेद अन्त्य सम्भव छ भन्ने  सन्देशसहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार साँझ युट्युबमार्फत् साे गीत सार्वजनिक भएको हाे ।

राजकुमार रायमाझीकाे रचनामा रहेकाे गीतमा प्रज्वल शाक्य र बन्दना खड्काले स्वर दिनुभएकाे छ । धनी र गरिबबीच हुने मायाकाे विषयमा यस गीतमा उठान गरिएकाे छ ।

लक्षुप्रकाश मल्लकाे संगीत रहेकाे यस गीतमा गायक शाक्यले निर्देशन गर्नुभएकाे छ । आराध्यलक्ष्मी खड्गीले नृत्य निर्देशन गर्नुभएकाे यस गीतकाे  छायाँकन र सम्पादन सोहन मानन्धरले गर्नुभएकाे छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?