अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन, समस्या भए फाेन गर्न आग्रह
रासस
बैशाख २६, २०७८ आईतवार
सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यदलमा...