५२ जिल्लामा निषेधाज्ञा, १२ जिल्लामा आंशिक
रासस
बैशाख २२, २०७८ बुधबार
मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
जसअनुसार यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिम रहेको छ ।...