उर्जा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण, सैनिक अस्पतालमा उपचार हुँदै
गोरखापत्र अनलाइन
बैशाख १४, २०७८ मंगलवार
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण देखापरेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।
उहाँको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।