मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा
रासस
भाद्र २१, २०७८ सोमबार
मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्नेछ ।
पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभाव मङ्गलबार बेलुकासम्म कायम रहने र बुधबारदेखि मौसममा सुधार हुनेछ”, उहाँले भन्नुभयो,...