दुई वर्षमा तीन अर्ब बचत, पेट्रोल र मट्टितेल चाँडै पाइपलाइनबाटै ल्याइने
रासस
भाद्र २४, २०७८ बिहीबार
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।
दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७÷७८ मा एक अर्ब...