मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि
रासस
बैशाख ४, २०७८ शनिबार
नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।
निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु एकका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १२१ पुगेको...