कोरोना सङ्क्रमित युवकको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु
गोरखापत्र अनलाइन
बैशाख ३, २०७८ शुक्रबार
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक सङ्क्रमित युवकको शुक्रबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा शुक्रवार बिहान भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।