लुम्बिनी प्रदेश सभाका तीन वर्षः ५९ कानून बने, कार्यान्वयनमा चुनौती
रासस
माघ २०, २०७७ मंगलवार
लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो । जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढायो । फलस्वरुप प्रदेशसभा स्थापनाका दुई वर्षमा ५९ वटा कानून बने । पछिल्लो समय भने कोरोना महामारीका कारण प्रदेशसभा त्यति सक्रिय...