विकराल रुप लिँदै 'गर्भपतन': सबैले प्रयोग गर्दैनन् परिवार नियोजनका साधन
रासस
माघ २३, २०७७ शुक्रबार
वीरेन्द्रनगर नगरपालिका– ५ की ३७ वर्षीया महिलाले प्रदेश अस्पताल सुर्खेतबाट पछिल्ला तीन वर्षयता दुई पटक गर्भपतन गराइन् । दुवैपटक सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजनका साधनको नियमित प्रयोग गरिनन् । “दुई सन्तान छोरी जन्मिसकेका थिए, परिवारमा छोरा चाहिन्छ भन्ने दवाव आयो, छोराकै आशमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ”, उनले भनिन्, “परिवार नियोजनका साधनको नियमित प्रयोग नगर्दा नचाहेरै गर्भ रह्यो र छिटोछिटो गर्भपतन...