आज पुसे औंसी, पितृलाई सन्तुष्ट पार्ने पवित्र दिन (फोटो फिचर )
गोरखापत्र अनलाइन
पुष २९, २०७७ बुधबार
पौष कृष्ण औसीकोमा राजधानीको गोकर्ण उत्तरगया हजारौको संख्यामा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिएको छ ।
माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ शुक्ल प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा...