चिसो बढेपछि मध्य तराईको जनजीवन कष्टकर
गोरखापत्र अनलाइन
पुष २७, २०७७ सोमबार
विगत केहि दिनदेखि जारी शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि रौतहटसहित मध्य तराईका जिल्लाहरुको जनजिवन कष्टकर बनेको छ ।
बाक्लो मात्रामा हुस्सु लागेर चिसो हावासमेत चल्न थालेपछि मध्य तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका जिल्लाहरुको जनजिवन कष्टकर बनेको छ ।
शीतलहरसँगै अत्यधिक जाडो बढेपछि बालबालिका तथा वृद्धवद्धा त्यसको प्रत्यक्ष मारमा परेका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन...