न अहिलेसम्म न्याय पाइयो, न त राहत नै
रासस
कार्तिक १२, २०७७ बुधबार
नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिला आर्थिक, मनोसामाजिक समस्या भोग्नुका साथै अझै सामाजिक पुनःस्थापना हुन सकिरहेका छैनन् ।
सशस्त्र...