हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
रासस
श्रावण २५, २०७८ सोमबार
सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔँ, नहुनेले मास्क लगाएर जाऔँ’ लेखिएको छ । कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएको छ । एउटा बट्टामा ठूला मानिसले र अर्को बट्टामा साना...