logo
२०८१ असोज ३ बिहीवार



देउता चढेको भन्दै पतीले चार महिने सुत्केरी पत्नीमाथि तातोपानी खन्याए

फिचर |
पढ्नै पर्ने |


देउता चढेको भन्दै पतीले चार महिने सुत्केरी पत्नीमाथि तातोपानी खन्याए


कमल शर्मा
दैलेख,साउन २५ गते । श्रीमानले आफ्नो शरीरमा देउता चढेको भन्दै चार महिने सुत्केरी श्रीमतीको शरीरमा तातोपानी खनाएका छन् । जिल्लाको जिल्लाको भैरबी गाउँपालिका–५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीका श्रीमानले दीपक नेपालीले आफ्नो शरीरमा देउता चढेको भन्दै तातोपानी खनाएपछि उहाँ शक्त घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले हस्तनाका श्रीमान २६ वर्षीय दीपक नेपालीले आफ्नो शरीरमा देउता चढेको निहुँमा तातो पानी खन्याउने तथा अगुल्टोले हानेर हस्तनालाई घाइते बनाएपछि घाइते हुनुभएकी हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पत्नीलाई निरन्तर कुटपिट गरी यातना दिइरहने दीपकले देउता चढेको बहानामा हस्तनामाथि तातो पानी खन्याउनुका साथै अगुल्टोले प्रहार गरेको बताउनुभयो । उहाँले तातो पानी खन्याउनुका साथै पतिले ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले प्रहार गरेका घाउँ भएको बताउनुभयो । घटनाबारे शुक्रबारमात्रै प्रहरीमा खबर पुगेको थियो। प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पु-याएको थियो । जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको जानकारी दिनुभयो । उहाँले हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख श्रेष्ठले पीडक दीपकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो दीपकविरुद्ध माइती पक्षले आइतबार प्रहरीमा जाहेरी दिएको छ। हस्तनाकी आमा पाना दमाईले कारबाहीको माग गर्दै दीपक विरुद्ध जाहेरी दिनुभएको छ । । पाँच वर्ष अघि दीपकसँग विवाह गरेकी हस्तना दुई छोरीको आमा हुनुहुन्छ । उहाँका ३ वर्षीया र ४ महिने छोरी छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?