जाजरकोट सडक खण्डको काममा तीव्रता, जगदुल्ला जलविद्युत् आयोजनालाई राहत
रासस
श्रावण ४, २०७८ सोमबार
जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि बढाएसँगै सो आयोजना निर्माणका लागि थप प्रगतिको पाइला अगाडि बढेको हो ।
छिन्चु–जाजरकोट सडक खण्डभित्र सबै पुल निर्माण कार्य पूरा भई जाजरकोट सदरमुकामसम्म कालोपत्र पूरा भए पनि डोल्पा खण्डभित्र सबै ठाउँमा...