logo
२०८१ असोज ४ शुक्रवार



अझै सञ्चालनमा आएन साँफे–मार्तडी लोकमार्ग

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


अझै सञ्चालनमा आएन साँफे–मार्तडी लोकमार्ग


शेरबहादुर सार्की
बाजुरा, साउन ५ गते । एक महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी लोकमार्ग केही दिन सञ्चालनमा आए पनि आजबाट पुनः बन्द भएको छ । गत जेठको २३ गतेदेखि आएको अविरल वर्षाले बाजुर्गाडदेखि मार्तडीसम्मको सडक खण्ड अवरुद्धहुँदै आएको थियो ।
अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा साँफे सडक डिभिजन अछामले तत्काल बार्जुगाडदेखि बल्दे अम्कोट हुँदै मार्तडीसम्म अवरुद्ध भएको सडकको काम सुचारु गर्ने जमर्को गर्दै आए पनि पानी नरोकिएका कारण सञ्चालनमा आउन सकेको छैन ।
सवारी साधन मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीहरुलाई समान ढुवानी गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।
व्यापारीहरुलाई सामान ठुवानी गर्न असहजता भएपछि उपभोक्ताले पनि चर्को मुल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नुपरेको छ ।
केही दिनअघि जिल्लाको सडक अवस्था बुझन् जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले साँफे मार्तडी लोकमार्ग अन्तर्गत रहेको बल्दे अम्कोट सडकको अनुगमन गरेको थियो ।
सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षातका कारण सडको तलमाथि दुबैतिरबाट पहिरो लाग्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको अनुगमन टोलीको बुझाइ छ ।
यतिबेला लामो समय डोजरको निरन्तरताले सदरमुकाम मार्तडीसम्म साना सवारी साधन जीप र ट्रयाक्टर केही दिन अघि सुचारु भए पनि अहिले फेरि ती साधन बल्देमै रोकिएका छन् ।
ठुला सवारी साधन बस,ट्रकहरु सुचारु हुन हिउँद नै कुुर्नुपर्ने अवस्थामा देखिएको छ । गत जेठ २३ गते आएको अविरल वर्षाका कारण साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अम्कोटमा पहिरो गएपछि लामो दूरीका सवारी साधन बल्देमै थन्किँदै आएका छन् ।
बुढीगङ्गा नगरपालिको अम्कोट बल्देमा भीषण पहिरो लागेकोले छोटा दूरीका सवारी साधन ट्रयाक्टर जीपलाई सुचारु गर्न सकिने भए पनि काठमाण्डौ ,नेपालगञ्ज धनगढी महेन्द्रनगरबाट आउने लामो दूरीका सवारी साधन बस ट्रक भने हिउँदमै सुचारु हुन सक्ने अवस्था देखिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, साना सवारी साधन सुचारु गर्न सडक खुलाउने काम गरे पनि वर्खाको समयमा जमिनको भर नभएकोले सडकको अवस्था पनि भरपर्दो नभएकोले ठूला सवारी साधन सुचारु गर्न अनुमति दिएको छैन् ।
बाढीपहिरो पीडितलाई तत्कालका खाद्यान सहयोग गर्दै आएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?